सुदूरपश्चिमसहित तीन प्रदेशका उच्च भेगमा हिमपात सम्भावना

Sunday February 22, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती