नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

Saturday April 18, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना गरिएको हो।

सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ तथा अवैध गतिविधि नियन्त्रणका लागि सहकार्यका लागि बैठकको आयोजना गरिएको बताइएका छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी बल (एपीएफ)का बिचमा सीमा क्षेत्रमा बैठकको आयोजना गरिएको छ। भारतीय सीमा सुरक्षा बलका राजकुमार यादवसहितको सहभागितामा बैठकको आयोजना गरिएको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सूचना र सहकार्य गर्ने सहमति भएको छ।

सीमा क्षेत्रमा परिचय पत्रमा समेत कडाइ गरिएको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा आवत–जावतका लागि परिचय पत्रमा कडाइ गरिएको हो। लागुऔषध, मादक पदार्थ, मानव तस्करी लगाएतका सीमा क्षेत्रका चुनौतिका विषयमासमेत छलफल भएको छ। उनीहरूको बिचमा सीमा क्षेत्रमा शान्ति तथा सौहार्दपूर्ण वातावरणका लागि सहकार्य गर्ने सहमति भएको छ। दुबै देशका सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूले सहमति जनाएका छन।

 


भर्खर

बाजुरामा भिरबाट लडेर युवकको मृत्यु

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–६ का २८ वर्षीय पदम लुहारको भिरबाट लडेर मृत्यु भएको छ।

अछाममा सुस्त मनस्थितीकी युवतीमाथि करणी, एक जना पक्राउ

अछाम : अछाममा सुस्त मनस्थितिकी ३० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई

सेती नदीमा युवक बेपत्ता

डोटी :  सेती नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्। बैतडीको दशरथचन्द नगरपालिका–२ घर भई