श्रीमतीको हत्या गरी फरार भएका मगर पक्राउ

Thursday September 22, 2022

पढ्न लाग्ने समय :


धनगढी । कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ का शेरबहादुर नामजाली मगर श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए । मगरलाई श्रीमती ललिता नामजाली मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घटना घटाइ फरार रहेका उनलाई बिहीबार बिहान गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनले श्रीमती ललिताको हत्या र छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए ।

लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले