वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछुः प्रश्तावित राजदुत यादव

Wednesday October 2, 2024

पढ्न लाग्ने समय :


अस्ट्रेलियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवले वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी आफूले काम गर्ने बताउनुभएको छ । प्रश्तावित राजदुत यादवले बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै सो कुरा बताउनुभएको हो । उहाँले विश्व समुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्न राजदुतको जिम्मेवारी पाए सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । संविधान, सरकारको नीति, निर्णय र निर्देशनअनुसार राजदुतको दायित्व पूरा गर्ने सन्दर्भमा मूल्य र मान्यताहरु हुने प्रश्तावित राजदुत यादवको भनाई थियो । त्यस अवसरमा उहाँले राजदुतको रुपमा आफूले इमान्दारिता र लगनशीलताका साथ जिम्मेवारी पूरा गर्ने अठोट लिएको पनि बताउनु भयो ।

प्रश्तावित राजदुत यादवले भन्नुभयो, ‘वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अस्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एवं विस्तृत बनाउन म कटिवद्ध रहनेछु । म यस पदमा रहँदा पूर्ण इमान्दारिता र लगनशीलताका साथ जिम्मेवारी निर्वाह गर्ने दृढ अठोट व्यक्त गर्दछु । विश्व समुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवद्र्धन गर्ने भरमज्दुर प्रयास गर्नेछु । नेपालको संविधानको धारा ५ मा उल्लेख भएको राष्ट्रिय हित, धारा ५० को उपधारा ४ ले व्यवस्था गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनको निर्देशक सिद्धान्त, धारा ५१ अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धि नीति, नेपाल सरकारको नीति, निर्णय र निर्देशन र परराष्ट्र मन्त्रालयको नीति, निर्णय र निर्देशन राजदुतको दायित्व पूरा गर्ने सन्दर्भमा मेरो मुख्य मूल्य र मान्यताहरु हुनेछन् ।’

प्रश्तावित राजदुत यादवले अध्ययनका लागि अस्टे«लिया गएका नेपाली विद्यार्थीको समस्या समाधानका लागि पनि आफूले सक्दो पहल गर्ने बताउनु भयो ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको