लागुऔषधसहित २२ जना पक्राउ

Wednesday August 3, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले असार ३२ देखि साउन १८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भई ललितपुर इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ गर्यो । उनको साथबाट नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान, ‘डायलेक्स डिसी’ छ बोलत र कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ तीन सय मिलिलिटर बरामद भयो ।

खड्कालाई लागुऔषध उपलब्ध गराउने सर्लाही हरिवन घर भई गोकर्णेश्वर बेँसीगाउँ बस्ने ३५ वर्षीय बुद्ध बमजन र खड्कालाई लागुऔषध कारोबारमा सहयोग गर्ने सुनसरी बराह घर भई इमाडोल बस्ने २७ वर्षको युवराज खड्कालाई पनि प्रहरी पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित पक्राउ परेकाको अनुसन्धानबाट सोही अवैध कारोबारमा सहयोग गर्ने र लागुऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरेको हो ।

त्यस्तै लागुऔषध नियन्त्रण ब्यूरोले यही साउन १३ गते ३८४ ग्राम हेरोइनसहित रामेछाप नगरपालिका–९ घर भई गोकर्णेश्वर बस्ने ४० वर्षीय जुनमाई मोक्तानलाई पक्राउ गरेको थियो । उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौँका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न रहेका सबैलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

 


भर्खर

बाजुराको खप्तड छेडेदह–६ का वडाध्यक्षको निधन

बाजुरा : खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा बुधबार राति निधन

‘रामराज्यको चाहना राख्नेहरूले पनि नैतिक साहस देखाउनुपर्छ’

काठमाडौं : गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन्

प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न मुख्यमन्त्री शाहको माग

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न माग