रास्वपाको महाधिवेशनमा डिडिसीका उत्पादन

Monday June 22, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डिडिसी)का उत्पादनको बजारीकरण गरिएको छ । चितवनमा सुरु भएको महाधिवेशन स्थलमा डिडिसीका उत्पादन बिक्रीका लागि राखिएको हो ।

सरकारले डिडिसीका उत्पादन प्रवर्धन गरिरहेका बेला संस्थानको हेटौँडा दुग्ध विकास आयोजनाले महाधिवेशन स्थलमा उत्पादन बिक्रीमा राखेको हो । आयोजनाका प्रमुख राजीव खनालले महाधिवेशन स्थलमा दुग्धजन्य पदार्थको बिक्री राम्रो भएको जानकारी दिए।

धेरै गर्मी भएकाले पनि फ्रेस मिल्क, मही, दही र लस्सी बढी बिक्री भएको उनले जानकारी दिए । महाधिवेशमा दुध, दही, फ्रेस मिल्क, मोही, मिठाई, आइसक्रिम बिक्रीका लागि राखिएको उनले जानकारी दिए। उत्पादन हेरेर पाँचदेखि १० प्रतिशत छुट दिएको जानकारी उनले दिए । एक दिनमा दुई लाख ५० हजारदेखि तीन लाख रुपियाँ बराबरको कारोबार भएको उनले जानकारी दिए ।

एक महिनाअघि प्रधानमन्त्री बालेन शाहले डिडिसीबाट उत्पादन, चिजसहितको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दा भाइरल भई उत्पादनको बिक्री बढेको छ ।
केही समयअघि मन्त्रीपरिषद् बैठकमा पनि डिडिसीका उत्पादनका प्याकेटसहित उपलब्ध गराइएको तस्बिर सार्वजनिक भएको थियो । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले पछिल्लो समय डिडिसीका उत्पादनको बिक्री बढ्दै गएको जानकारी दिए ।

डिडिसीले दैनिक ६० हजारदेखि ६५ हजार लिटर दुध सङ्कलन गर्दै आएको छ । बजारमा दैनिक ८० हजारदेखि ८५ हजार लिटर दुध खपत भए पनि सिजन अफ भएकाले दुध सङ्कलनमा कमी आएको डिडिसीले जनाएको छ । अपुग हुँदा दुध पाउडर दुध मिसाएर बजारमा पठाउने गरेको डिडिसीले जनाएको छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको