युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादव पक्राउ

Monday March 18, 2024

पढ्न लाग्ने समय :


नयाँ दिल्ली । युट्युबर तथा बिग बोस ओटीटी विजेता एल्विश यादवलाई नोएडा प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी एएनआई र पीटीआईमार्फत यो जानकारी आएको हो।

एएनआईका अनुसार नोएडा पुलिसले उनलाई ग्रेटर नोएडाको सुरजपुर अदालतमा पेश गरेको छ। नोभेम्बर ८, २०२३ मा, नोएडा पुलिसले रेभ पार्टीमा सर्पको विष प्रयोग गरेको मामिलामा एफआईआर दर्ता गरेको थियो। एल्विश यादव पनि यस मुद्दामा अभियुक्त हुन् ।

एल्विशमाथि सर्पको विष प्रयोग गरेको आरोप छ। तर, उनले मिडियामा पटकपटक यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।

यादव एक चर्चित युट्युबर हुन्। उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् । युट्युबमा उनका १.५ करोड सब्सक्राइबर छन् भने इन्स्टाग्राममा १ करोडभन्दा बढीले फलो गरेका छन् ।

यादवले युट्युबमा रमाइलो भिडियो बनाउँछन् । उनको रोस्टिङ भिडियोहरू पनि निकै लोकप्रिय छन्। हरियाणाको गुरुग्राममा १४ सेप्टेम्बर १९९७ मा जन्मेका यादवले २०१६ मा आफ्नो युट्युब च्यानल खोलेका थिए । उनले दिल्ली विश्वविद्यालयबाट बीकम गरेका छन्। यादवको वास्तविक नाम सिद्धार्थ यादव थियो ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको