भारतबाट एक सय रुपैयाँ बढीको सामान ल्याउदा भन्सार कर अनिवार्य

Sunday April 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलाली भन्सार कार्यालयले भारतबाट एक सय रुपैयाँ भन्दा बढी मूल्यको सामानमा कर अनिवार्य गरेको छ । कैलाली भन्सार नाकामा सुरक्षा चेकजाँच पनि कडा पारिएको छ ।

सरकारले भारतबाट एक सय रुपैयाँ मूल्य भन्दा बढीको जुनसुकै सामान ल्याउँदा भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ । यो व्यवस्था लागु भएपछि सीमावर्ती भारतीय बजार बनगाउँमा किनमेल गर्न जाने नेपालीहरूको सङ्ख्यामा पनि कमी आउन थालेको छ । सशस्त्र प्रहरी बलले माइकिङ गर्दै भन्सार कर तिर्नु अनिर्वाय रहेको सूचना गर्दै आएको छ । पहिले छ सात हजार सम्मको सामान ल्याउने गरेकोमा अहिले नयाँ व्यवस्था लागु भएको भरखर थाहा पाएको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का मनीषा बुढाले बताइन। भारतीय बजारहरूमा समेत अहिले नेपाली ग्रहाकहरूको संख्या धेरै कम भएको उनले बताएकी छन्। उनले भनिन, ‘पहिलाको जस्तो भीड नाकामा छैन। वनगाउँमा पनि मान्छे छैनन। एक सय रुपैयाँ बढीको सामानमा भन्सार कर अनिवार्य गरेपछि मान्छे घटेका होलान। पहिला भारतीय बजारबाट सामान ल्याउन सहज थियो। अहिले नाकामा कडाइ गरिएको छ।’

सशस्त्र प्रहरी बलले भारतीयबाट तेल, सुर्तीजन्य पदार्थ, पेय पदार्थ, मदिरा, कालो प्लास्टिक, प्लास्टिकका बट्टाहरू, लागुऔषध, र हातहतियार लगायतका सामग्री ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ । तर, भारतमा कामको लागि जाने नेपालीहरूको पुराना सामानमा भने छुट गरिएको छ । व्यापारिक प्रयोजन बाहेक भारतमा रोजगारी गरेर फर्किएका नेपालीहरूले सहज रूपमा सामग्रीसहित नेपाल प्रवेश गर्न पाउने सशस्त्र प्रहरीले स्पष्ट पारेको छ । सीमा नाकामा भारतीय सुरक्षाकर्मी तथा भन्सारका कर्मचारीहरूलाई घुस रकम दिन नपरेको गोदावरी नगरपालिका वडा नम्बर १२ का जानकी नेपालीले बताइन। उनले भनिन, ‘पहिलाको भन्दा नाकामा सहज रहेछ। यतै किनेको सामान ल्यान कर लाग्ने रहेछ। हामी पहिलैबाट भारतमा थियौ। आफूले प्रयोग गरेका सामान ल्याएका हौ। कर लाग्दैन रहेछ। भारत तिरका प्रहरीले पनि पैसा लिएनन। नेपालमा पनि सुधार भएको रहेछ।’

नेपाली बजारको प्रवर्धन र राजस्व वृद्धिका लागि कडाई गरिएको सशस्त्र प्रहरी बलको भनाई छ ।

 


भर्खर

इरानी सर्वोच्च नेता मोज्तबा खामेनी अस्पताल भर्ना भएको इजरायली सञ्चारमाध्यमको दाबी

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल भर्ना गरिएको इजरायली सञ्चारमाध्यमहरूले

मनसुन सक्रिय : कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून

कञ्चनपुरमा १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, चकमेली बजार नजिकै हुलाकी सडकखण्डबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो