बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Sunday April 19, 2026

पढ्न लाग्ने समय :


बैतडीः बैतडीको सिगास गाउँपालिका–८ लुपुणस्थित सानिगाडा खोला नजिक ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०१–००१ प १३८४ नम्बरको ट्र्याक्टर सडकबाट करिब ३०० मिटर तल खस्दा लुपुण तोलखेत बस्ने २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक ३५ वर्षीय दान बहादुर धामी घाइते भएका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकले जानकारी दिए।


भर्खर

इरानी सर्वोच्च नेता मोज्तबा खामेनी अस्पताल भर्ना भएको इजरायली सञ्चारमाध्यमको दाबी

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल भर्ना गरिएको इजरायली सञ्चारमाध्यमहरूले

मनसुन सक्रिय : कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून

कञ्चनपुरमा १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, चकमेली बजार नजिकै हुलाकी सडकखण्डबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो