बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु

Wednesday November 27, 2024

पढ्न लाग्ने समय :


बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय रूपन्देही,बुटवल उपमहानगरपालिका,टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान शुरु गरिएको हो । बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेङ्गी संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेङ्गीको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताउनु भयो । यो अभियान दुई दिनसम्म चल्ने उहाँले जानकारी दिनुभयो । समुदायमा चेतना जगाउने हेतुले अभियान शुरुवात गरेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका,तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी गराउँदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताउनु भयो । अभियानका क्रममा डेङ्गी फैलनसक्ने सम्भावित स्थान,नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेङ्गी संक्रमण गराउने लार्भा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।


भर्खर

बाजुराको खप्तड छेडेदह–६ का वडाध्यक्षको निधन

बाजुरा : खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा बुधबार राति निधन

‘रामराज्यको चाहना राख्नेहरूले पनि नैतिक साहस देखाउनुपर्छ’

काठमाडौं : गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताएका छन्

प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न मुख्यमन्त्री शाहको माग

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्न माग