बाजुरामा युवतीमाथि मध्यरात चक्कु प्रहार

Monday June 15, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुरामा युवतीमाथि चक्कु प्रहार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईमा अज्ञात समूहले ३६ वर्षीया ठुमरा बिष्टमाथि भान्छामै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

बिष्टमाथि आइतवार राति करिब साढे १ बजे सुतिरहेको अवस्थामा २–३ जनाको अज्ञात समूहले उनलाई भान्साघरमा बोलाएर घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट प्रहरी निरीक्षक चन्द्रसिंह कठायतको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोलीले घाइते बिष्टको उद्धार गरी कोल्टी आधारभूत अस्पताल पु¥याएको थियो।

अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्जस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको र खोजतलास तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको