बाजुरामा एक हजार बढी सुरक्षाकर्मी परिचालन

Sunday March 1, 2026

पढ्न लाग्ने समय :


बाजुरा:   प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्लाका ७७ मतदान स्टल र ११९ मतदान केन्द्रको व्यवस्थापनका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार, परिचालन हुने सुरक्षाकर्मीमा सशस्त्रसहित प्रहरी २००, नेपाल प्रहरी ४७५, सेना ३२५ गरी कुल एक हजार सुरक्षाकर्मी रहेका छन्। साथै, एक हजार ६० निर्वाचन प्रहरी पनि खटाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भने , “जिल्लाको सबैभन्दा टाढा मतदान केन्द्र हिमाली गाउँपालिका–३ गुम्बा हो। आज बिहान त्यस मतदान केन्द्रमा मतदान सामाग्री ढुवानी गरिएको छ।”

फागुन १६ र १७ गते जिल्लाका सबै मतदान केन्द्रमा मतदान सामग्री वितरण सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतलाई बोलाएर, सुरक्षाकर्मीको उपस्थितिमा सामग्री ढुवानी गरेको जनाएको छ।

बाजुरामा यसपटक नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, रास्वपाका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र)का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दीपक डिसी र स्वतन्त्र उम्मेदवारका उपेन्द्र शाही चुनावी मैदानमा छन।

बाजुरामा ८७,८६१ मतदाता छन्, जसमा ४५,४२८ पुरुष, ४२,४३१ महिला र अन्य दुई जना मतदाता छन्।

मतदानको व्यवस्थाका लागि ७७ वटा मतदानस्थल र ११८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएकाे छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको