बरु पार्टीको सटर बन्द गर्न तयार छु, चन्दा लिँदैनौंः रवि लामिछाने

Wednesday April 24, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अपारदर्शी कालो धनबाट चन्दा लिएर पार्टी नचलाउने उद्घोष गरेका छन् ।

आज (बुधबार) इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बरु पार्टीको सटर बन्द गर्न तयार रहेको तर चन्दा नलिने बताएका हुन् । ‘बरु पार्टीको सटर बन्द गर्न तयार छु, अपारदर्शी कालो धनको चन्दा लिँदैनौं,’ उनले भने ।

साथै, इलाम–२ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवार मिलन लिम्बुको जित सुनिश्चित रहेको बताए । रास्वपा सबैभन्दा बढी पारदर्शी र समानुपातिक दल रहेको उनको दाबी छ । उनले रास्वपाले सबैको पहिचानलाई सम्मान गर्ने बताए ।


भर्खर

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ ।

भारतले भन्यो – नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस

दुई चरणमा सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका आठ दिन