भारतले भन्यो – नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

Sunday May 5, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ ।

भारतीय मिडियाहरूका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडि बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् ।

इण्डियन एक्सप्रेसले जयशंकरलाई उद्धृत गर्दै लेखेको छ- ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिँन । मलाई लाग्छ हाम्रो अडान धेरै प्रष्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।”

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्साको तस्वीर राख्ने निर्णय गरेको थियो ।


भर्खर

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले

इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो: कतार

दोहा। मध्यस्थकर्ता कतारले मंगलबार इजराइलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको र वार्ता ‘लगभग गतिरोध’

गाजा युद्धपछिको गम्भीर मानवीय सङ्कटको भारतद्वारा निन्दा

गाजामा हमासविरुद्ध इजराइली सैन्य कारबाहीका बीच भारतले जारी  द्वन्द्वमा नागरिकहरूको मृत्युको कडा निन्दा गर्दै यस