बझाङको सेती नदी किनारमा एक जना मृत फेला
पढ्न लाग्ने समय :
धनगढी : बझाङमा एक जना मृत फेला परेका छन। जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर ९ स्थित सेती नदीको किनारमा शव फेला परेको हो। बझाङको थलारा गाउँपालिका वडा नम्बर ५ का ५७ वर्षीय लालबहादुर सिंहको शव फेला परेको प्रहरीले बताएको छ। बुधवार उनको शव फेला परेको हो। प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताएको छ।