बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड अमेरिकी डलर

Sunday August 20, 2023

पढ्न लाग्ने समय :


एजेन्सी । सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२/०२३ मा बङ्गलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका एक अधिकारीले आइतबार बताएका छन् ।

केन्द्रीय बैंकका एक अधिकारीले सिन्ह्वालाई बताएअनुसार तथ्याङ्कले आर्थिक वर्ष २०२२/०२३ मा तीन अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ । अघिल्लो वर्ष उक्त घाटा चार अर्ब ४० करोड ७५ लाख डलर रहेको थियो ।

यद्यपि रेमिटेन्सले बङ्गलादेशलाई चालू खाता घाटाको प्रभाव र मध्यम निर्यात आय वृद्धिको प्रभावलाई कम गर्न मद्दत गरेको छ ।

अधिकारीका अनुसार आर्थिक वर्ष २०२२/२३ मा १०० भन्दा बढी देश र क्षेत्रमा बसोबास गर्ने र काम गर्ने करिब एक करोड बङ्गलादेशीबाट २१ अर्ब ६१ करोड डलर विप्रेषण भित्रिएको छ ।

सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको अवधिमा दक्षिण एशियाली मुलुकको आयात भुक्तानी १५.७६ प्रतिशतले घटेर ६९ अर्ब ५० करोड डलर रहेको छ भने निर्यातबाट हुने आम्दानी ६.२८ प्रतिशतले वृद्धि भई ५२ अर्ब ३४ करोड डलर पुगेको छ ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर