प्रहरीको हिरासतबाट भागेका थुनुवा पक्राउ

Thursday July 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा प्रहरी हिरासतबाट भागेको थुनुवा पक्राउ परेका छन् ।

आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका लागूऔषध मुद्दाका थुनुवा टीकापुर(१ का ३१ वर्षीय संजय नगार्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले नगार्जीलाई टीकापुर नगरपालिका(४ को अन्नेरीबाट पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी०प्रकाश डागीको नेतृत्वको इप्रका र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले नगार्जीलाई नियन्त्रणमा लिएको हो ।
उनी पहिचान नखुल्नेगरि हेलमेट र मास्कले अनुहार छोपेर मोटरसाइकल चलाउने बेला समातिएका हुन् । नगार्जी आइतबार राति पानी पिउने बहाना बनाएर डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई लडाएर भागेका थिए ।
घटनापछि प्रहरीले उनलाई निलम्बन गरेर छानबिन गरिरहेको छ । डीएसपी तिमिल्सिनाको नेतृत्वमा समिति गठन गरेको छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको