पोखरीमा डुबेर बालकको मृत्यु
पढ्न लाग्ने समय :
धनगढी : दार्चुलाको नौगाड गाउँपालिका–२ दल्लेखमा पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
स्थानीय भरतसिंह मन्यालका ४ वर्षीय छोरा ओलिसन मन्याल घरदेखि करिब ५००–६०० मिटर टाढा रहेको तरकारी बारीमा सिँचाइका लागि बनाइएको पानी पोखरीमा डुबेर गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले बुधबार बेलुकी जाँचका क्रममा बालकलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।