नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ।

ओमानमा जारी खेलमा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। २९ बल खेलका उनले ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै सन्दीप जोराले २२ तथा कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए। हङकङका लागि आयुष शुक्लाले ३ विकेट लिए।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेलेको हो। यसअघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो।

तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ। एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन्।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली