नारायण गोपाल स्मृति सम्मान तीन संगीतकर्मीलाई

Wednesday December 4, 2024

पढ्न लाग्ने समय :


 

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ३४औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले नारायण गोपाल सम्मान र संगीत पुरस्कार वितरण गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित विशेष समारोहमा नेपाली संगीतमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै गीततर्फ शिवशंकर थापा, संगीततर्फ बुलु मुकारुङ र गायनतर्फ कुमार बस्नेतलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै गायक कुमार बस्नेतले नेपालको गीत संगीत क्षेत्रको विकासमा नारायणगोपालले पु¥याउनुभएको योगदान अविष्मरणीय भएको बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न गायक–गायिकाले नारायण गोपालका कालजयी गीत प्रस्तुत गर्दै स्मरण गरेका थिए । वि.स. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो । २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका नारायण गोपालका दर्जनौं गीत कालजयी छन् ।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले