धनगढी-काठमाडौँ बसभाडा वृद्धि

Thursday April 9, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढी- काठमाडौँको बसभाडा २०११ रुपैयाँबाट बढेर २३४७ रुपैयाँ पुगेको छ। जसले यात्रुहरूलाई थप आर्थिक भार परेको छ।

नयाँ भाडा सूचीअनुसार एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्म वृद्धि गरिएको छ। सार्वजनिक गरिएको २८० रुटमध्ये सबैभन्दा धेरै भाडा काठमाडौँ-अत्तरिया हुँदै बाजुराको मार्तडी जाने रुटमा ५२४ रुपैयाँले बढेको छ।

त्यस्तै, काठमाडौँ–अत्तरिया–चैनपुर (बझाङ) रुटमा ५२० रुपैयाँ वृद्धि भई भाडा ३,६३५ रुपैयाँ पुगेको छ। सबैभन्दा कम वृद्धि नारायणगढ–कावासोती बजार रुटमा देखिएको छ, जहाँ १८ रुपैयाँले बढेको छ।

राजधानी काठमाडौँबाट बाहिरिने प्रमुख गन्तव्यहरूमा पनि भाडा उल्लेख्य रूपमा बढेको छ। काठमाडौँ–पोखरा रुटमा यात्रुले अब १०९ रुपैयाँ बढी तिर्नुपर्नेछ भने काठमाडौँ–धनगढी यात्रामा ३३६ रुपैयाँ थपिएको छ।

 


भर्खर

धनगढी-काठमाडौँ बसभाडा वृद्धि

धनगढीः धनगढी- काठमाडौँको बसभाडा २०११ रुपैयाँबाट बढेर २३४७ रुपैयाँ पुगेको छ। जसले यात्रुहरूलाई थप आर्थिक

बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार एक जना पक्राउ

बझाङः यार्चागुम्बा ओसारपसार मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत बझाङको मिति

बझाङको सेती नदी किनारमा एक जना मृत फेला

धनगढी :  बझाङमा एक जना मृत फेला परेका छन। जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर ९