धनगढीमा बालिकामाथि अनैतिक क्रियाकलाप गरेको आरोपमा एक पुरुष पक्राउ

Thursday March 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा बालिकामाथि अनैतिक क्रियाकलाप गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका–१८ ई गाउँका ४८ वर्षीय प्रेम भन्ने सोभान विकलाई नाबालिकामाथि अनैतिक क्रियाकलाप गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

१३ वर्षीया नाबालिगकाकी आमाले ती व्यक्तिले असार महिनादेखि विभिन्न लोभ र प्रलोभनमा पारेर छोरीमाथि अनैतिक गतिविधि गर्न खोजेको भन्दै मङ्गलवार राति इलाका प्रहरी कार्यालय बहुलियामा निवेदन दिएकी थिइन्।

निवेदनपछि प्रहरी नायब निरीक्षक रमेश सिंहको कमाण्डमा खटिएको टोलीले विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको तिमिल्सिनाले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको