धनगढीमा प्रदेश सरकारको ‘नमुना सडक’को काम पूरा

Thursday January 15, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीको कैलाली पुलदेखि क्याम्पस रोड, हुलाकी राजमार्गसम्मको मुख्य सडक कालोपत्रको काम पूरा भएको छ।

२०८० वैशाख २७ गते सम्झौता भएको सडक निर्माण कम्पनीले २४ महिना भित्रमा पूरा गर्नुपर्ने थियो। २०८२ वैशाख २६ गते भित्रमा सडक निर्माणको काम पूरा गर्न सम्झौता भएकामा निर्माण कम्पनीले हाल काम सकेको हो। पूर्वाधार कार्यालय, धनगढीले २०८२ फागुन १ गतेसम्मका लागि सडक निर्माणको समय थप गरेको छ। पूर्वाधार कार्यालय, धनगढीका प्रमुख इन्जिनियर दीपक नेगीले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। ट्राफिक चिन्ह र रङ्गरोगनको काम मात्र बाँकी रहेको उनले बताए। उनले भने, ‘प्रदेश सरकारको नमुना सडक हो। स्तरीय सडक हो। अहिले काम लगभग सकियो। ट्राफिक चिन्हहरू राख्न केही ठाउँमा होला।’

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको मुख्य सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। केएस कन्स्ट्रक्सनले दुई दशमलव तीन किलोमिटर सडक निर्माणको काम पूरा गरेको हो। सडक रङ्गरोगनको काम मात्र बाँकी रहेको छ। अपाङ्ग मैत्री फुटपाथ, रेलिङ्ग, साइकल लेन, मिडियमसहितको चार लेनको सडक प्रदेश सरकारले निर्माण पूरा गरेको हो। सहरी क्षेत्रमा निर्माण गर्नुपर्ने सडकको नमुना सडक तयार भएको प्रदेश सरकारको दाबी रहेको छ।

धनगढी उपमहानगरपालिकाले मुख्य सडक चौडाईका लागि १५ मिटर दायाँ र १५ मिटर बायाँका भौतिक संरचना खाली गरेको थियो। उपमहानगरपालिकाको आग्रहमा चार सय २८ भौतिक संरचना खाली गरिएका थिए। ट्राफिक जामको समस्या समाधानका लागि धनगढीमा फराकिलो र स्तरीय सडक निर्माण निर्माण गरिएको हो। धनगढी मुख्य सडकमा विद्युतीकरण, तारजाली निर्माण, ट्राफिक सङ्केतहरू राख्ने, जेब्रा क्रसिङ्ग तथा साइकल लेनमा रङ्रोगनको कामसमेत अन्तिम चरणमा पुगेको छ।


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न