धनगढीका २ हजार तीन सय किशोरीलाई पाठेघरकाे मुखकाे क्यान्सर विरुद्वकाे खोप लगाइदै

Wednesday February 11, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढी उपमहानगरपालिकाका २ हजार तीन सय किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ।

माघ २७ गतेदेखि फागुन ४ गतेसम्म ‘एचपिभी’ खोप अभियान अन्तरगत सो सङ्ख्यामा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने लक्ष्य राखिएको हाे।

 उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख योगेश अवस्थीले यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने बालिकालाई लक्षित गरी खोप लगाइने बताए। कक्षा ६ मा पढ्ने, गत वर्ष ११ देखि १४ वर्ष उमेरका खोप नपाएका, स्कुलमा नजाने खोप नपाएका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने उनले बताए। उनले यो खोप एक पटक मात्रै लगाइने भएकाले गत वर्ष लगाएकालाई लगाउन आवश्यक नभएको बताए। गत वर्ष उपमहानगरपालिकाले १० हजार १ सय ३५ किशोरी खोप लगाएको थियो। १० देखि १४ वर्ष उमेर समूहका कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइएको थियो।

यो वर्ष खोप लगाउनका लागि १३५ वटा केन्द्र तोकिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए। मङ्गलवार मात्रै ७०७ किशोरीलाई खोप लगाइएको उनले बताए। नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ।

जसमध्ये हरेक वर्ष १ हजार ३१३ जना महिलाको मृत्यु हुने अनुमान छ। महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो कारण रहेको भए पनि क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ। पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसको कारण हुने र, यसका २ सय प्रजाति भए पनि १६ र १८ बढी जोखिममा रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन्।

 


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।