तेघरीबाट एक वृद्धा चार दिनदेखी बेपत्ता

Saturday May 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरी नगरपालिका– २ तेघरीबाट एक वृद्धा बेपत्ता भएकी छन।

डोटीको दिपायल सिलगढी नगरपालिका– ८ स्थायी घर भएकी अन्दाजी ७० वर्षिया वृद्धा देबभु देवी कुन्जेडा विगत ४ दिनदेखी तेघरीबाट बेपत्ता भएकी हुन ।

तेघरी आफ्नै घरमा छोरीसँग बसोबास गर्दै आएकी उनि बुधवार बल्मीस्थित नातिनीको घर जान्छु भनेर हिडेको र त्यसपछि बेपत्ता भएको कुञ्जेडाकी नातिनि मन्जु कुन्जेडाले बताईन । दिउँसो करिब ३ बजेको समयमा घरबाट हिडेकी उनको हालसम्म पनि कुनै जानकारी प्राप्त नभएको मञ्जुले बताईन ।

कालो वर्णकी, बोल्दा स्पष्ट नबुझिने र कान पनि खासै राम्ररी नसुन्ने देबभुले हराएको समयमा ब्लाउज, मेक्सि र चप्पल लगाएको बताईएको छ । परिवारले देबभुलाई देख्नुहुने महानुभावलाई नजिकको प्रहरी कार्यालय र ९७०४४०७१२६ तथा +९७७९८२५६०५१०२ मा सम्पर्क गरी सहयोग गरिदिन हुन अनुरोध गरेको छ ।

 


भर्खर

कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थीको मृत्यु, देशको सेवा गर्ने सपना अधुरै

धनगढी : कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडीमालिका जवान

बाजुरामा ढुङ्गा लागेर वृद्धको मृत्यु

बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका–३, पानीपाटा क्षेत्रमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

कञ्चनपुरमा इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना