डोटीको सेती पुल मुनी मनोमानी दोहन

Tuesday March 17, 2026

पढ्न लाग्ने समय :


डोटी : डोटीको सेती नदीको पुल मुनी मनोमानी दोहन गर्न गरिएको छ। जिल्लाको दीपायल–सिलगढी नगरपालिका अन्तर्गत सेती नदीमा रहेको पक्की पुल आसपासबाट जथाभाबी नदीजन्य पदार्थ उत्खनन भइरहेको हो। पुल आसपास उत्खनन गर्न रोक लगाए पनि भारी उपकरण प्रयोग गरेर बालुवा, गिट्‍टी र ढुङ्गा निकाल्ने गरिएको छ।

पुल मुनीको नदी किनारमा जेसीबी प्रयोग गरेर उत्खनन भइरहेको छ। यस्तो उत्खननले नदीको प्राकृतिक स्वरूप परिवर्तन हुने र पुल भत्किने जोखिम बढेको स्थानीयको गुनासो छ।

दीपायल सिलगढी नगरपालिकाका इन्जिनियर शिव माझीका अनुसार डोटीकै सशस्त्र कस्ट्रक्सनले उक्त ठेक्का भ्याटसहित ३० लाख ५० हजार रुपैयाँमा लिएको छ। यो काम सुरु गर्नुअघि भूगोलविद् र सडक डिभिजनका इन्जिनियरसँग इआइए गरेर मात्र १६ हजार ४ सय सय घन मिटर निकाल्नु पर्ने बताएको माझीले जानकारी दिए।

सडक डिभिजन कार्यालयका इन्जिनियर गौरव धामीले पुलको संरचना सुरक्षित राख्न तथा नदीको प्राकृतिक बहाव जोगाउन पुल आसपासको १ किलोमिटर क्षेत्रभित्र उत्खनन गर्न नपाइने व्यवस्था रहेको बताए। अहिले यहाँ उक्त नियमको बेवास्ता गरिएको स्थानीयले आरोप लगाएका छन्। ठेक्का पाएका व्यवसायीले तोकिएको क्षेत्रभन्दा नजिकैबाट बालुवा र गिट्‍टी निकालिरहेका छन्।

सेती नदीमाथि बनेको पुलले सुदूरपश्चिमका बाजुरा र अछाम जिल्लामा जोड्छ भने बझाङ जाने पनि वैकल्पिक राजमार्ग जोडिएको छ। पुल आसपास क्षेत्रमा अत्यधिक उत्खनन हुँदा पुलको जग कमजोर हुन सक्ने सडक डिभिजन कार्यालय प्रमुख रमेश भट्टराईले बताए। जिल्लाका पालिकाले ठेक्का प्रक्रियामार्फत नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेका छन्।

 


भर्खर

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।