डिएसपी चौधरी अभिव्यक्तिका कारण जिल्ला तानिए

Thursday July 9, 2026

पढ्न लाग्ने समय :


कैलाली : कैलालीको घोडाघोडी नगरपालिका -१ सुखड स्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण जिल्ला प्रहरी कार्यालय कैलाली तानिएका छन ।
घटनासँगै सार्वजनिक कार्यक्रममा प्रहरी अधिकृतले दिने अभिव्यक्ति, राजनीतिक तटस्थता र प्रहरी आचारसंहिताबारे पुनः बहस सुरु भएको छ ।
घोडाघोडी नगरपालिका –७ दरख माध्यमिक विद्यालय हरिनगरमा आयोजित लागुऔषध दुव्र्यसनविरुद्धको जनचेतना कार्यक्रममा विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा डीएसपी चौधरीले “हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हौं । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो । केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हौं” भनेका थिए।
कार्यक्रमकै क्रममा उनीले नेपाल प्रहरी राजनीतिक प्रभावबाट नभइ खुला प्रतिस्पर्धाबाट छनोट भइआएको संस्था भएको उल्लेख गरेका थिए। कार्यक्रममा प्रत्यक्ष सहभागी भएका विद्यालयका शिक्षक दिनेशकुमार लामिछानेले विद्यालयले दुई हप्ताअघि आयोजना गरेको कार्यक्रममा डिएसपी चौधरीले धारणा राखेका बताए ।
उनको अभिव्यक्ति सहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि डिएसपी चौधरीलाई सोधपुछका लागि बुधबार साँझ धनगढी बोलाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले डीएसपी चौधरीलाई प्रारम्भिक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको बताए ।

सार्वजनिक कार्यक्रममा व्यक्त गरिएको भनाइ कुन सन्दर्भमा आएको हो विषयमा जानकारी लिन र उनको कार्यक्षेत्रको समग्र शान्ति सुरक्षाका बारेमा सोधपुछका लागि बोलाइएको जानकारी आफूले पाएको उनले बताए ।

डिएसपी चौधरीले आफू कानुन विपरित गएर कुनै अभिव्यक्ति नदिएको बताए। आफूले बालबालिकालाई उत्प्रेरित गर्ने सन्दर्भमा उदाहरणस्वरुप दिइएको अभिव्यक्तिलाई गलत अर्थ लगाइएको उनले उल्लेख गरेका छन


भर्खर

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न

सर्वदलीय बैठक सम्पन्न, शान्ति र सामाजिक सद्भाव कायम गर्न सामूहिक अपिल गर्ने सहमति

सुनसरीसहित पूर्वी नेपालका तराई जिल्लामा केही दिनदेखि देखिएको हिंसात्मक घटनाक्रम र त्यसपछिको तनावपूर्ण अवस्थाका बीच

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा लागूऔषधका एम्पुलसहित ६ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र लागूऔषधका एम्पुलसहित ६ जनालाई पक्राउ गरेको