जापानका प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनका लागि संसद विघटन

Wednesday October 9, 2024

पढ्न लाग्ने समय :


जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधवार संसद् विघटन गरेका छन् । आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा उनले संसद् विघटन गरेका हुन् । अक्टुबर १५ देखि चुनावी प्रचार प्रसार सुरु हुनेछ ।प्रधानमन्त्री इशिबा अक्टुबर १ मा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनी जापानको इतिहासमा सबभन्दा छोटो समयका प्रधानमन्त्री रहने सञ्चार मध्यमहरूले जनाएका छन् ।इशिबाको लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० ले दशकदेखि जापानमा सरकारको नेतृत्व गर्दै आएका छ । यो दलमा बारम्बार नेता परिवर्तन भइरहँदा जनताको विश्वास घट्ने क्रम बढेको छ । प्रधानमन्त्री इशिबाले आफ्नो १०० दिन न कटाउँदै आफ्नो पार्टीको शक्ति परीक्षण गर्नका लागि यो कदम चालेको कतिपयको बुझाइ रहेको छ ।

२०२३ को अन्त्यमा एलडीपीको भ्रष्टाचार सम्बन्धी एउटा मुद्दा बाहिर आएको थियो । त्यसपछि यो चुनाव हुन लागेको हो । यसले पनि एलडीपीको राजनीतिमाथि चुनौती रहेको विश्लेषण भइरहेको छ ।भ्रष्टाचार मुद्दामा मुछिएका १२ जना आफ्ना सांसदलाई अगामी चुनावमा टिकट नदिने पनि प्रधानमन्त्री इशिबाले घोषणा गरिसकेका छन् । सदनमा ४६५ मध्ये २५८ सिट एलडीपीको थियो ।


भर्खर

नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको

सुदूरपश्चिममा वनका समस्या समाधान गर्न कार्यदल गठन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले वन उपभोक्ता समूहहरूको माग सम्बोधनका लागि कार्यदल गठन गरेको छ।

धनगढीमा वैशाख १८ गते हाफ म्याराथन प्रतियोगिता हुने

धनगढीः धनगढीमा हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। धनगढी जेसिजको आयोजनामा आगामी वैशाख १८