जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छुः प्रधानमन्त्री

Thursday August 31, 2023

पढ्न लाग्ने समय :


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको सुशासन अभियानले प्रतिक्रियावादी तत्वलाई खपिनसक्नु भएको बताएका छन् ।

बिहीबार समाजवादी मोर्चाको सन्देश सभालाई सुर्खेतमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले थालेका काम ऐतिहासिक भएकाले प्रतिक्रियावादीलाई त्यो सह्य नभएको बताएका हुन् ।

उनले आफूलाई सरकार छाड्न कुनै समस्या नभएको बताए । उनले भने, ‘यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्यो र उस्तो गर्यो भन्छन् त्यो वाहियात हो, । राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।’

प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अग्रसर हुँदा नेपाली कांग्रेस र एमालेलाई मात्रै लक्षित गरेको भन्ने भनाइ सही नभएको जिकिर गरे । माओवादीकै अरु नेता र आफ्नै नाम पनि भ्रष्टाचारमा मुछिए नछोड्न भनेको उनले बताए ।

सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम नरोकिने र पक्षपात नहुने प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्रीले नेकपा एमालेभित्र असन्तुष्टि चुलिएको र विस्फोट हुने खतरा रहेको बताए ।

उनले भने, ‘अहिले म नाम लिएर धेरै भन्दिनँ। आफूलाई निकै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ। नेता र कार्यकर्ताको विशाल पंक्ति हैरान, परेशान भएर कहीँ न कहीँ विस्फोट हुने स्थितिमा पुगेको छ । मलाई लाग्छ त्यहाँबाट फेरि कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुन्छ भन्ने मेरो विश्वास छ।’

प्रधानमन्त्रीले अब भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन जनता सडकमा उतारिने पनि बताए । उनले भने, ‘वर्षा सकिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रिय जनजिविका, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याइ सरकारले मात्रै गर्देला र खाउँला भन्यो भने त्यो भूल हो।’


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको