चार देशको महिला टी- २० सिरिज: आज फाइनलमा नेपाल र हङकङ भिड्दै

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपालले आज चार देशको महिला टी- २० क्रिकेट सिरिज अन्तर्गत फाइनलमा हङकङको सामना गर्दै छ ।

मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार विहान ११: ४५ बजेदेखि शुरु हुने छ ।

नेपालले ३ खेलमा ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेर फाइनलको यात्रा तय गरेको हो भने हङकङ पनि ३ खेलमा ४ अंक हासिल गर्दै रनरेटको अधारमा दोस्रो हुदै फाइनलमा पुगेको हो ।

यसअघि यस सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी आजै तेस्रो स्थानको लागि मलेसिया र कुवेतबीचको खेल हुने छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको