चलचित्र पत्रकार सङ्घ कैलालीको अध्यक्षमा विवेक

Tuesday March 17, 2026

पढ्न लाग्ने समय :


धनगढी : चलचित्र पत्रकार संघ, कैलालीको अध्यक्षमा विवेक नागरी चयन भएका छन। धनगढीमा सोमवार भएको दोस्रो अधिवेशनबाट विवेकको अध्यक्षतामा ११ सदस्य समिति चयन गरिएको हो।

समितिको अध्यक्षमा विवेक नागरी, उपाध्यक्षमा रमा चन्द, सचिवमा लोकुसिंह ठकुरी, सह–सचिवमा यज्ञराज अवस्थी, कोषाध्यक्षमा यमुना साउँद सर्वसम्मत चयन भएका छन्। यस्तै समितिको सदस्यमा रक्षा बागचन, कमल सावद, वीरेन्द्र सिङ, राज चौधरी र महेन्द्र बहादुर चौधरीलाई चयन गरिएको छ।

सुदूरपश्चिमको चलचित्र क्षेत्रलाई पत्रकारिताको माध्यमबाट उजागर गर्ने उद्देश्यले उक्त समितिले विगतदेखि काम गर्दै आएको छ। सोही अनुसार चलचित्र पत्रकार सङ्घको दोस्रो जिल्ला अधिवेशन गरिएको हो। चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीको प्रमुख आतिथ्ययतामा दोस्रो कैलाली जिल्ला अधिवेशन सम्पन्न गरिएको चलचित्र पत्रकार संघ नेपाल कैलालीका संस्थापक अध्यक्ष पुष्पराज जोशीले बताए।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको