चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, तीन हजारको उपचार

Sunday May 12, 2024

पढ्न लाग्ने समय :


धरान (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धारका साथै तीन हजारको स्वास्थ्य उपचार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको विपद् व्यवस्थापन टिमद्वारा मेला अवधिभर ३६ जनाको उद्धार र स्वास्थ्य शिविरबाट तीन हजार एक सय अठारजना दर्शनार्थीलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा राखिएको मोटरबोटसहितको विपद् उद्धार टोलीले स्नान गर्दा खोलाले बगाएर लगेका, खोलामा बेहोस् भएका गरी ३६ जनाको उद्धार गरिएको मुख्यालयका नायब महानिरीक्षक अञ्जनीकुमार पोख्ररेलले जानकारी दिए । मेलालाई व्यवस्थित र सुरक्षित बनाउन तीन सयजना सुरक्षाकर्मी खटाइएको र प्रहरी नायव उपरिक्षकको कमाण्डमा मेलाको अवधिभर स्नानस्थल तथा कार्यक्रमस्थलमा फौज परिचालन गरिएको उनको भनाइ छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको