खुटिया-दिपायल द्रुतमार्ग निर्माणका लागि हस्ताक्षर संकलन गर्न रजिस्टर सहयोग

Monday July 6, 2026

पढ्न लाग्ने समय :


धनगढी: खुटिया-दिपायल द्रुतमार्ग निर्माणका लागि हस्ताक्षर संकलन गर्न धनगढी उपमहानगरपालिकाले शैलेश्वरी मन्दिर गुठीलाई ११ वटा रजिस्टर हस्तान्तरण गरेको छ।
सोमबार नगर प्रमुख गोपाल हमालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले गुठीका अध्यक्ष एवं मन्दिरका पुजारी प्रेमसागर भट्टलाई रजिस्टर हस्तान्तरण गरेका हुन्।

जेठ शुक्लपूर्णिमाको दिनदेखि शैलेश्वरी मन्दिरमा द्रुतमार्ग निर्माण गर्न सरकारलाई दबाब दिने भन्दै हस्ताक्षर अभियान सुरू गरिएको हो। उक्त अभियानलाई सहयोग पुगोस् भनेर धनगढी उपमहानगरपालिकाले रजिस्टर सहयोग गरेको जनाएको छ।
द्रुतमार्ग निर्माण भए डोटी जिल्लामा आर्थिक गतिविधि बढ्ने भएकाले दुई लाख २० हजार व्यक्तिको हस्ताक्षर संकलन गर्न पुग्ने ११ वटा रजिस्टर सहयोग गरिएको हो।
आगामी माघमा हुने कोटीहोम महायज्ञमा हस्ताक्षर संकलन गर्न सहयोग पुगोस् भनेर उपमहानगरले रजिस्टर सहयोग गरेको जानकारी दिएको छ।

धनगढी उपमहानगरपालिकाले द्रुतमार्ग निर्माणका लागि दबाब दिन हस्ताक्षर अभियान चलाउन रजिस्टर सहयोग गरेको भन्दै शैलेश्वरी गुठीका अध्यक्ष एवं मन्दिरका पुजारी भट्टले खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको