कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्द बहादुर चन्द अग्रस्थानमा देखिएका छन्। हालसम्मको गणनाअनुसार चन्दले तीन हजार नौ सय ४४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस का उम्मेदवार नर नारायण शाहले एक हजार चार सय ७५ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले आठ सय ४६ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम बहादुर आलेले सात सय ८७ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले २२३ मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म सात हजार ९ सय १६ मत गणना भइसकेको छ। त्यसमध्ये सात हजार पाँच सय एक मत सदर र चार सय १५ मत बदर भएका छन्।

मतगणना अझै जारी रहेको छ। अन्तिम परिणाम आउन बाँकी रहेको छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा ६५ हजार नौ सय ६३ मत खसेको छ। यो क्षेत्रमा एक लाख १० हजार पाँच सय ३९ मतदाता रहेका छन्।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको