कैलाली चिसापानीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Saturday July 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको चिसापानीमा ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारमा शुक्रबार राति साढे ९ बजेतिर रुवी होटल अगाडि पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।
उनलाई तत्काल इलाका प्रहरी कार्यालय चिसापानीकि प्रमुख प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मीरा खड्काको कमाण्डमा १० जनाको प्रहरी टोलीले उनको उद्धार गरेर टीकापुर अस्पताल लगेको थियो ।
टाउकोमा गम्भीर चोट लागेका घाइते पुरुषको उपचारका क्रममा राति अस्पतालमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। शवलाई अहिले टीकापुर अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनापछि फरार चालक र गाडी सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई राति १२ बजे भे१क २५९६ नम्बरको मिनी ट्रकसहित नियन्त्रणमा लिइएको थियो ।
सुर्खेतकै पञ्चपुरी नगरपालिका(११ ढुङ्गीबजारबाट पञ्चपुरी( ४ चनालीका चालक ३१ वर्षीय सन्तोष सिजापति मगरलाई नियन्त्रणमा लिइएको हो । मिनी ट्रकलाई पञ्तपुरीकै तातोपानी प्रहरी पोष्टको नियन्त्रणमा राखिएको छ भने चालकलाई राति नै इलाका प्रहरी कार्यालय चिसापानी ल्याइएको छ ।


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।