कैलालीमा सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु
पढ्न लाग्ने समय :
धनगढी : कैलालीमा सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ। जिल्लाको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको हो।
गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीकाअनुसार बाजुराको बुढीगंगा नगरपालिका–७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् । मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।