कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

Monday June 29, 2026

पढ्न लाग्ने समय :


कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ च १८६७ नम्बरको बोलेरो जिपले विपरीत दिशाबाट आउँदै गरेको सु।प।प्र। ०१–०११ प ३१५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक जनक रिमाल घाईते हुनु भएको छ । उहाँको टाउको, मुख तथा शरीरमा चोट लागेकोे जनाएको छ । उहाँसँगै स्कुटरको पछाडि सवार श्रीमती धना रिमालको टाउको, हात तथा मुखमा गम्भीर चोट लागेको छ ।

दुवै घाइतेलाई उपचारका लागि लालरत्न अस्पताल, लम्की पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बोलेरो चालक फरार भए पनि अहिले सम्पर्कमा आएको र दुर्घटनामा संलग्न बोलेरो र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सूचना अधिकारी तिमिल्सेनाले जानकारी दिए ।घटनास्थल पूर्व–पश्चिम राजमार्गअन्तर्गत इलाका प्रहरी कार्यालय लम्कीबाट करिब ७ किलोमिटर पश्चिम, गप्का क्षेत्रमा रहेको छ ।


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न