कैलालीमा नदीमा डुुबेर बालकको मृत्यु
पढ्न लाग्ने समय :
धनगढी : कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेर स्थानीय रामबहादुर रावलका छोरा कृष्ण रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार शनिबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेका उनलाई उपचारका लागि सीएस अस्पताल, सुखड लगिएको थियो ।
तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।