कैलालीको टीकापुरबाट ९ जना जुवाताससहित पक्राउ

Sunday April 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको टीकापुरबाट ९ जना जुवाताससहित पक्राउ परेका छन्। नेपाल प्रहरीले टीकापुर नगरपालिका वडा नम्बर १ नयाँ टीकापुरका ४३ वर्षीय लालबहादुर थापाको खाजा पसलबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापाको खाजा पसलको कोठाबाट थापासहित शनिवार नौ जना जुवाताससँगै पक्राउ परेका हुन्। शनिवार साँझ पक्राउ परेका उनीहरूको साथबाट ७७ हजार सात सय ३५ रुपैयाँ र तीन गड्डी तास प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

 


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि