कैलालीको चुरेबाट अवैध उत्खनन गरिरहेका पाँच जना पक्राउ

Friday February 20, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीको चुरे क्षेत्रमा अवैध उत्खनन गरिरहेका पाँच जनालाई वनको टोलीले पक्राउ गरेको छ।

चुरे गाउँपालिका–४ स्थित अँधेरी खोलामा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थाबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा विभिन्न उपकरण चलाउने व्यक्ति रहेका छन्।खोलामा अवैध उत्खनन्का लागि प्रयोग गरिएको एक भ्याकु लोडर, तीन वटा टिप्पर र एक ट्रयाक्टरलाई वन कार्यालयले नियन्त्रणमा लिएको छ।

वातावरणीय प्रभाव मूल्याङ्कन एवम् स्वीकृतिबिना नदीजन्य पदार्थ उत्खनन गरिएकाले पक्राउ गरिएको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए।

कानुन विपरित उत्खनन गरिएकोले उनीहरूलाई पक्राउ गरिएको उनले उल्लेख गरेका छन।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाएको बताईएकाे छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको