कैलालीको गोदावरी नदीले दुई महिला बगायो

Friday June 12, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरी नदीले २ महिला बगाएको छ। जिल्लाको गोदावरी नगरपालिका-३ मा गोदावरी नदीले बगाएको एक महिलाको शव फेला परेको छ भने अर्की महिला बेपत्ता छिन् ।

शुक्रवार बिहान आएको बाढीले गोदावरी नगरपालिका-४ बस्ने ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँदलाई बगाएको थियो ।
प्रहरीका अनुसार बाढीमा बगेकी धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक भेटिएको छ।

उनकाअनुसार शुक्रवार बिहान करिब पौने ७ बजेतिर नदीमा एक्कासि आएको बाढीले महिलाजस्ता देखिने दुई जनालाई बगाएको भन्दै गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

दुवै महिला शुक्रवार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए । त्यसक्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता महिलाको खोजी भइरहेको छ ।


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।