कञ्चनपुरमा ६ जुवाडे पक्राउ

Thursday July 9, 2026

पढ्न लाग्ने समय :


महेन्द्रनगर : कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–३ ब्रह्मदेव चोकस्थित जिरो प्वाइन्ट नजिक शुक्लाफाँटा नगरपालिका–५ का २९ वर्षीय सुरेन्द्र प्रसाद जोशीले सञ्चालन गरेको चिया–नास्ता पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ उनीसहित ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट नगद २२ हजार ५९० रुपैयाँ र एक गड्डी तास बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न