कञ्चनपुरमा श्रीमतीमाथि तातो तेल खन्याउने श्रीमान् ६ महिनापछि पक्राउ

Sunday June 21, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते तथा कुरुप बनाएको आरोपमा फरार रहेका एक व्यक्तिलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-८ तिलाचौर निवासी ३४ वर्षीय अशोक भट्टलाई पक्राउ गरिएको हो। उनले गत २०८२ साल पुस १५ गते घरको भान्सामा सेलरोटी पकाउँदै गरेकी आफ्नी श्रीमतीमाथि तातो तेल खन्याएका थिए।

घटनामा उनकी श्रीमतीको अनुहारसहित शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते तथा कुरुप भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका भट्टविरुद्ध ‘तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने कसुर’ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

प्रहरी टोलीले उनलाई असार ६ गते भीमदत्त नगरपालिका–४ बाट नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० टेकबहादुर रावतका अनुसार पक्राउ परेका भट्टमाथि थप अनुसन्धान भइरहेको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको