कञ्चनपुरमा क्यासिनोमा लडेर भारतीय नागरिकको मृत्यु
पढ्न लाग्ने समय :
धनगढी : कञ्चनपुरमा क्यासिनोमा लडेर भारतीय नागरिकको मृत्यु भएको छ।
भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा रहेको डायमण्ड क्यासिनोमा लडेर भारतको उत्तराखण्डको रानीखेतका ५३ वर्षीय दिपेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० टेकबहादुर रावतले बिहीबार साँझतिर क्यासिनोमा लडेका सिंह शुक्रबार महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार शव परीक्षण लगायतका अन्य कानुनी प्रक्रिया पूरा गरेर सिंहको शव शनिबार नै परिवारले बुझेर लगिसकेका छन् ।क्यासिनोमा लडेका उनी सुरुमा समान्य अवस्थामा थिए तर पछि स्थिती बिग्रिएको प्रहरीले जनाएको छ । उत्तराखण्डको रानीखेतका ५३ वर्षीय दिपेन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहीबार साँझतिर क्यासिनोमा लडेका सिंह शुक्रबार महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार शव परीक्षण लगायतका अन्य कानुनी प्रक्रिया पूरा गरेर सिंहको शव शनिबार नै परिवारले बुझेर लगिसकेका छन् ।