एसिया कप क्रिकेट : आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । एसियाकप क्रिकेट आजदेखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ ।

गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।

यूएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।

पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ ।

६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

भदौ ३१ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको कान्डीमा हुनेछ ।


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।