इन्धनको मूल्य वृद्धिले कैलालीका उद्योग ठप्प हुने चिन्ता

Sunday April 12, 2026

पढ्न लाग्ने समय :


धनगढी : मध्यपूर्वी देशमा जारी युद्धका कारण इन्धनको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको निर्माण व्यवसायी सङ्घ कैलालीले जनाएको छ ।

सङ्घले आज पत्रकार सम्मेलन गरी निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्‍टीतेल लगायतका इन्धन र विटमिन सामग्रीमा भइरहेको पटक–पटक अप्रत्याशित मूल्य वृद्धिले निर्माण उद्योग सङ्कटमा परेको जनाएको हो ।

निर्माण कार्यको मूल्य समायोजन नेपाल राष्ट्र बैँकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धि भए तापनि राष्ट्र बैँकको इन्डेक्समा उक्त सामग्रीको मूल्य घटेकोे देखाइने प्रचलनका कारण थप सङ्कटमा परेको सङ्घका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले बताए।

निर्माण कार्य तीव्र रूपमा हुने समयमा इन्धनसहित निर्माण सामग्रीको निरन्तर मूल्य वृद्धि एवं बजारमा भएको अभावले निर्माण व्यवसायीलाई ठुलो आर्थिक भार परिरहेको जनाइएको छ । अहिलेको अवस्थाले निर्माण उद्योग नै ठप्प हुने अवस्था रहेका कारण आपत्काल घोषणा गरी व्यवसायीलाई अविलम्ब राहत दिन सङ्घले सरकारसँग माग गरेको छ ।

यसैगरी, आयोजनामा मूल्य वृद्धि अनुरूप हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने भएकाले मूल्य समायोजनको मार्ग निर्देशन–२ तत्काल जारी गर्न अध्यक्ष मल्लले सरकारसँग माग गरे। उनले सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीको समस्या तुरन्त सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन।

 


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको