आफूहरु प्रहरी हो भन्दै ३० लाख लुटपाट गर्ने गिरोह पक्राउ

Thursday September 15, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । प्रहरी भन्दै लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ का २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिण गाउँपालिका–३ का ३० वर्षीय देव लामा र रामेछापको सुनापती गाउँपालिका–१ का २० वर्षीय मिनबहादुर तितुङ (रोहित) छन् ।

भदौ २२ गते साँझ ७ बजेतिर ठमेलमा सञ्चालित ओरियन्टल मनि एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्यांकीनजिकै पुग्दा तीन वटा मोटरसाइकलमा आएका पाँच जना व्यक्तिले ३० लाख रकम लुटपाट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

आफूहरु प्रहरी भएको बताउँदै उनीहरुले जबरजस्ती मोटरसाइकलमा राखी म्हैपी, सोह्रखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पलमुनि पुर्याएर हातपात गर्दै ३० लाख २३ हजार २०८ रुपैयाँ, आइफोन मोबाइल, लाइसेन्स र ब्लु बुक भएको झोला लुटपाट गरेका थिए ।

लुटपाट भएको भन्दै जाहेरी आएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार कपनबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अपहरण, डाँका तथा चोरीको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले