आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर जायन्ट्सले आठ विकेटको शानदार जित निकालेको छ।

लखनउको जितका लागि कप्तान केएल राहुल र क्विन्टन डि ककले अर्धशतक बनाए। चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले १९ औ ओभरमा मात्र २ विकेट गुमाएर १८० रन बनाउँदै शानादार जित निकालेको हो।

लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे। डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए।

निकोलस पुरन २३ र मार्कस स्टोइनिस ८ रनमा नटआउट रहे। चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १–१ विकेट लिए। १९ औ ओभर खेल्दासम्म चेन्नईका अन्य बलर चम्किन सकेनन्।

टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

चेन्नईका लागि महेन्द्रसिंह धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए।

अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजाले अर्धशतकीय इनिङ खेले। उनी ४० बलमा ५७ रन बनाउँदै नटआउट रहे।

लखनउका कृणाल पाण्ड्याले दुई विकेट लिए भने मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।

शुक्रबार राजितको जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ। ७ खेलबाट लखनउले ८ अंक जोडेको छ। समान ७ खेल खेलेको चेन्नाई ८ अंकसहित रनरेटको आरधामा तेस्रो स्थानमा छ।

आईपिएल अन्तर्गत शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको खेल हुँदैछ। यो खेल साँझ ७:४५ मा सुरु हुनेछ।


भर्खर

भारतका प्रधानन्यायाधीश डा. चन्द्रचुड नेपालमा

काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको  निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा डीवाई चन्द्रचुड नेपालको तीन

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग

बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

काठमाडौं । बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन