अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा छिरे हतियारधारी

Monday February 23, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ।

घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए। उनीहरू सुरक्षित रहेको अधिकारीहरुले बताएका छन्।

अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बीच काउन्टी शेरिफका सुरक्षा अधिकारीहरुले रोक्ने प्रयास गरेका थिए। सुरुमा सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए । तर, उनले पेट्रोलको डिब्बा भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट एक पेट्रोलको डिब्बा र शटगन बरामद भएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् ।

बीबीसीका अनुसार ट्रम्पको घर रहेको स्थान मार–आ–लागोमा सधैं कडा सुरक्षा व्यवस्था रहने गर्छ । बाहिरी घेरा स्थानीय शेरिफ कार्यालयले सम्हाल्छ भने भित्री सुरक्षा सिक्रेट सर्भिसले हेर्छ । आगन्तुकहरूको कडाइका साथ जाँच गरिन्छ, सवारीसाधन र झोला मेटल डिटेक्टर तथा कुकुरमार्फत परीक्षण गरिन्छ ।

यति कडा सुरक्षा व्यवस्थाकै कारण संदिग्ध व्यक्ति भित्री क्षेत्रमा प्रवेश कसरी गरे भन्ने खुलेको छैन । मारिएका ती व्यक्तिको पहिचानबारे भने थप अनुसन्धान जारी छ ।

यो घटनाले अमेरिकामा बढ्दो राजनीतिक हिंसाबारे पुन: चिन्ता बढाएको विश्लेषण गरिएको छ । राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास भएका थिए । राष्ट्रपति ट्रम्प र उनको परिवारका सदस्य वरिपरि सुरक्षा घेरा पहिलेभन्दा थप मजबुत बनाइएको छ ।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले