अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ
पढ्न लाग्ने समय :
धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका–९ बस्ने २७ वर्षीय जय प्रकाश स्वर्णकार रहेका छन्।
युुवतीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।